Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जाजरकोटका तीन ठाउँमा सौर्य मिनिग्रेट


    शुक्रबार, चैत्र ११ २०७८
    2.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जाजरकोट ।  विद्युतीकरण नभएको ठाउँमा तत्काल विद्युत पुर्‍याउने उद्देश्यले जाजरकोटका तीन ठाउँमा सौर्य मिनिग्रेट स्थापना गर्न लागिएको छ ।

     वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको ९० प्रतिशत अनुदान अन्य १० प्रतिशत प्रदेश सरकार र स्थानीयले साझेदारीमा सौर्य मिनिग्रेट स्थापना गर्न लागिएको हाे । जुनिचाँदे गाउँपालिका-७ मा जुनि सौर्य मिनिग्रेट ३५ किलोवाट, कुशे-७ स्थित कुशे ठाँटीकोट सौर्यमिनिग्रेट १६० किलोवाट र नलगाड नगरपालिका-८ मा नलगाड मंसिरी सौर्य मिनिग्रेट १८ किलोवाट निर्माण हुने भएको छ । 

    यो भन्दा अगाडि बारेकोट गाउँपालिका-५ मा १७० किलोवाटको सौर्य मिनिग्रेटको काम जारी रहेको छ । १६ करोड ८९ लाख ५२ हजार रुपैयाँ लागतमा निर्माण हुने सौर्य मिनिग्रेट मध्यबाट १० प्रतिशत प्रदेश र स्थानीय तहले साझेदारी गर्ने वैकल्पिक उर्जा प्रवर्द्धन  केन्द्रक सहायक निर्देशक डाक्टर लक्ष्मण प्रसाद घिमिरेले बताए ।

    तत्काल विद्युत पुर्‍याउन नसकिने ठाउँमा यस्ता खालका योजनामा कर्णाली सरकार तयार रहेकाे जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए । 

    जाजरकाेटमा भेरी,नलगाड, शिवालय र छेडागाड नगरपालिकाका केही ठाउँमा ११ केभी प्रशारण लाइन पुगेको छ । बारेकोट, जुनिचाँदे गाउँपालिकामा केन्द्रीय विद्युतको प्रशारण लाइन पुग्न सकेको छैन । नलगाड नगरपालिकाको अधिकांश वडामा केन्द्रीय लाइन पुगेको छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार