Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘आरआरआर’ को यी रोचक पाँच किस्सा


    शुक्रबार, चैत्र ११ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं  ।  भारतीय फिल्ममा निर्देशनको हिसाबले सफल निर्देशक एसएस राजामौलीका सबैभन्दा महँगो र बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ आजबाट रिलिज हुँदैछ । यो फिल्म दुई भारतीय क्रान्तिकारी अल्लूरी सीताराम राजू र कोमाराम भीमले ब्रिटिस शासन र हैदराबादको निजामविरुद्ध लडेको लडाईंमा आधारित छ ।

    फिल्ममा अल्लूरीको भूमिका रामचरण र कोमाराम भीमको भूमिका जूनियर एनटीआरले निभाएका छन् । यी दुईका अलावा फिल्ममा बलिउडमा अजय देवगन र आलिया भट्टले पनि महत्वपूर्ण भूमिका निभाएका छन् ।

    ५ सय ५० करोडको बजेटमा बनेको यो फिल्म निर्माण गर्न करीब ४ वर्ष लाग्यो । यहाँ यो फिल्मसँग जोडिएका ५ रोचक किस्सालाई प्रस्तुत गरिएको छ-

    फिल्मको नाम ‘आरआरआर’ कसरी राखियो ?

    सुरुवातमा राजामौलीसँग फिल्मका लागि अलग्गै नाम थियो । त्यसपछि उनलाई कसैले किन दुवै स्टार रामचरण र रामाराव र राजामौलीको नामको पहिलो अक्षरलाई जोडेर नाम नराख्ने भनेर सल्लाह दिए । सोही सल्लाह अनुसार उनीहरुले नाम ‘आरआरआर’ राखे । जब उनीहरुले नाम छनोट गरेर सामाजिक सञ्जालमा राखे, तब सारा विश्व र वितरकले नाम मनपराए । यही कारण यो नामलाई औपचारिक मान्यता दिइयो ।

    १८ दिनमा एक स्टेप उत्कृष्ट हुन्थ्यो

    निर्माताहरुले हालैमात्र एक डान्स नम्बर सार्वजनिक गरेका थिए, जसलाई २६ मिलियन बढी पटक हेरिएको छ । ‘नाचो नाचो’ गीतका सुटिङ कीवमा गरिएको थियो । यो गीतको स्टेपलाई उत्कृष्ट फर्ममा ल्याउनका लागि दुवै अभिनेताले एक दिनमा १२ घण्टा सुटिङ गर्नु परेको थियो । उनीहरुलाई स्टेप उत्कृष्ट बनाउन १५ देखि १८ दिन लागेको थियो ।

    खाली खुट्टा जंगलमा कुदेका एनटीआर

    फिल्ममा एक जंगलको सिक्वेन्स देखाउनुपर्ने थियो । राजामौलीले एनटीआरलाई वास्तविक सिक्वेन्सको समयमा ‘सरप्राइज’ नै दिए । एनटीआरले जुत्ता लगाएर यो दृश्यको अभ्यास गरेका थिए । तर इन्ट्रो दृश्यको सुटिङको समयमा क्रिएीटभ पावर हाउस निर्देशकले उनलाई बुल्गेरियाको काँडाले भरिएको जंगलमा नांगो खुट्टाले दौडन निर्देश गरे । यद्यपि जूनियर एनटीआरलाई कुनै चोट लागेन, तर उनको खुट्टा जंगलको काँडा र मसिना ढुंगाले भरिएको थियो ।

    आलियाप्रति चिन्ता

    यो फिल्मको कास्टिङपछि आलियालाई सेटमा ल्याएपछि एनटी रामा राव जूनियर र रामचरणलाई कसरी नियन्त्रणमा राख्ने भन्ने चिन्ता फिल्म युनिटमा थियो । किनकी दुवै अभिनेताहरु सेटमा धेरै बदमाश काम गर्थे । तर सुटिङका समयमा दुवैले मस्ती गर्दा सेटका माहाेल सकारात्मक बनेको थियो ।

    आलियासँग कम बोल्थे रामचरण

    आलियाले दुवै अभिनेताविरुद्ध गुनासो गरेकी थिइन् । उनीसँग रामचरण सेटमा निकै कम कुरा गर्थे । जब यो कुरा आलियाले रामचरणलाई भनिन्, तब रामचरणले ‘मलाई लाज लाग्थ्यो, किनकी तपाईं यदि सुन्दर हुनुहुन्छ ।’ भन्ने जवाफ दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार