Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्माण व्यवसायी महासंघ खाेटाङ अध्यक्षमा पौडेल


    शुक्रबार, चैत्र ११ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ । नेपाल निर्माण व्यवसायी महासंघ खोटाङको अध्यक्षमा रमेश पौडेल (दिनेश) दोहोरिएका छन् । महासंघको दिक्तेलमा सम्पन्न १२ औं साधारणसभा तथा पाँचौं जिल्ला अधिबेसनबाट पौडेल दोस्राे कार्यकालका लागि निर्माण व्यवसायी महासंघको जिल्ला अध्यक्षमा निर्बिरोध दोहोरिएका हुन् । 

     महासंघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद घिमिरे, उपाध्यक्षमा सुनिल राई र प्रकाश थापा, महासचिवमा दिलचक्र राई, सचिव (आन्तरिक) भीम राई, सचिव (नीतिगत) शशीकुमार राई, कोषाध्यक्षमा शरद राई र सहकोषाध्यक्षमा विराज आचार्य चयन भएका छन् । यस्तै, भीषण राई, यादवसेन राई, शचन्द्र राई, मैयाँ आचार्य, इन्द्रलक्ष्मी ताम्राकार, लालबहादुर बिक, कृष्ण बन्जरा, खिलराज श्रेष्ठ, जितेन राई, प्रदीप राई सदस्य चयन भएका छन् । 

    महासंघले जोशेफ रिजाल, दिनेश गुरुङ, मिनुहाङ राई र मनिचन्द्र राई केन्द्रीय प्रतिनिधि चयन गरेको जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार