Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • यस्तो छ आज चैत ११ गते शुक्रवारको राशिफल


    शुक्रबार, चैत्र ११ २०७८
    375
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । आज ११ चैत २०७८, तदनुसार २५ मार्च २०२२ शुक्रवार । यस्तो छ आजको भाग्यफल

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :

    मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :

    आज प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :

    कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । रोकिएका र अधुरा काम पुनः सुरु हुन सक्छन् । जागिर र कर्म प्रति चिन्तन बढ्नेछ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :

    आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । पारिवारिक कार्य बोध हुने र नयाँ रचना र ज्ञानमा प्रगति हुनेछ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :

    आज शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता पनि लिनसक्छ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :

    मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :

    विशेष सामाजिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । नयाँ भौतिक साधनको योजना बन्ला । पारिवारिक रमाइलो समेत हुन्छ ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :

    खानपिनको परिकारले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । मङ्गल कार्यको योजना बन्नेछ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : 

    रचनात्मक कार्यमा मन जानेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : 

    आज सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । स्वास्थ्य प्रति सजग रहन जरूरी छ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : 

    आज नयाँ योजना र अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ । सन्तानबाट सुख पनि मिल्ला ।

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

    आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार