Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कलंकीमा कारले स्कुटर र मोटरसाइकललाई ठक्कर दिंदा ६ जना घाइते


    बिहिबार, चैत्र १० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं। बिहीबार दिउँसो साढे १ बजे कलंकीमा कारले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा चालकसहित ६ जना घाइते भएका छन् ।

    महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका अनुसार कालीमाटीबाट कलंकीतर्फ आउँदै गरेको बा ५ च ५४४० नम्बरको कारले रोकिराखेको स्कुटर र गुडिरहेको २२० पल्सरको मोटरसाइकललाई ठक्कर दिँदा २ चालक र ४ पैदलयात्रु घाइते भएका हुन्।

    घाइतेहरूलाई कलंकीस्थित सहिद मेमोरियलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कार चालकको भने बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    अन्य घाइतेहरूको भने पहिचान खुलिसकेको छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार