Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रेमले निम्त्याएकाे हिंसा- युवकमाथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ


    बिहिबार, चैत्र १० २०७८
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको शंखमूलमा खुकुरी प्रहार गरेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मन्थली नगरपालिका-१३ घर भई हाल काठमाडौंको जडिबुटीमा बस्‍दै आएका १९ वर्षीय राजेश बुढाथोकी, नाम्दु नगरपालिका-६ घर भई हाल जडिबुटी बस्‍ने ३४ वर्षीय रोशन लामा रहेका छन् । यस्तै मध्‍यपुर ठिमी नगरपालिका-९ बस्‍ने २३ वर्षीय पुकार केसी, बतासे गाउँपालिका-९ घर भई भक्तपुर, राधेराधे बस्दै आएका २३ वर्षीय प्रवीण नेपाल र खाँडादेवी गाउँपालिका-३ घर भई जडिबुटी बस्‍दै आएका २७ वर्षीय संजीव मोक्तान रहेका छन् ।

    बुधबार काठमाडौं महानगरपालिका-३१ स्थित शंखमूलमा २५ वर्षीय सुरज खड्कामाथि खुकुरी प्रहार भएको थियो ।

    खुकुरी प्रहारबाट खड्का गम्भीर घाइते थिए। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको महाशाखाले जनाएको छ । 

    प्रहरी उपरीक्षक कोइरालाका अनुसार प्रारम्भिक अनुसन्धानमा यस घटनाको प्रमुख कारण आर्थिक लेनदेन र प्रेमसम्बन्धी विवाद हो।

    यसमा थप अनुसन्धान गर्न महाशाखाले महानगरीय प्रहरी वृत्त बानेश्वरलाई बुझाएको बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार