Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपालसहित चार सांसद पक्ष रहेको मुद्दामा सुनुवाइ हुँदै


    बिहिबार, चैत्र १० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेबाट अगल भएर छुट्टै दल नेकपा एकीकृत समाजवादी स्थापना गरेको लामो समयपछि एमाले वरिष्ठ नेताको हैसियतबाट माधवकुमार नेपालले दायर गरेको रिट निवेदनमा बिहीबार सुनुवाइ हुँदै छ ।

    रिट निवेदक नेपालसँगै एमाले उपाध्यक्ष भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे हुन् । उनीहरू पक्ष रहेको रिटको न्यायाधीशद्वय टंकबहादर मोक्तान र नहकुल सुवेदीको इजलासमा हुँदै छ । 

    तत्कालीन एमालेमा असन्तुष्ट रहँदा उनीहरूले पार्टीले स्पष्टीकरण सोधेर सांसद पदबाट हटाउने गरिएको कारबाही प्रक्रिया सुरु गरेपछि रोक्न माग गर्दै ९ वैशाख २०७८ रिट दायर गरेका थिए । 

    रिटमा प्रारम्भिक सुनुवाइ गर्दै १३ वैशाख २०७८ मा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले सांसद पदबाट नहटाउनु भन्ने निवेदकहरूको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार