Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दिवा खाजाको प्रभावः बाटोमै अल्मल्लिएर बस्ने विद्यार्थी विद्यालय पुग्छन्


    बिहिबार, चैत्र १० २०७८
    430
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • दैलेख । दैलेखको भगवतीमाई गाउँपालिका-६ का गणेश विककाे उमेर आठ वर्ष पुग्याे । उनी वडा नम्बर-५ को भगवती माध्यामिक विद्यालयमा कक्षा २ मा अध्ययनरत छन् । सुरु सुरुमा बाटोमै अल्मल्लिएर बस्ने उनी अहिले निरन्तर विद्यालय जाने गर्छन् । सोही ठाउँकै कक्षा २ मा अध्ययनरत सुमन रेग्मीको पनि समस्या उस्तै थियो । उनलाई विद्यालय जान मन लाग्दैन थियो । अहिले विद्यालयमा दिइने दिवा खाजा कार्यक्रम सुरु भएपछि उनी दैनिक विद्यालय पुग्छन् ।

    दिवा खाजा प्रभावकारी बन्दै

     दैलेखमा अहिले दिवा खाजा प्रभावकारी बन्दै गएको छ । दिवा खाजा कार्यक्रम लागु भएपछि विद्यार्थी पनि निरन्तर विद्यालय आउने र पढाइ पनि गुणस्तरीय भएको शिक्षक सीता अधिकारी बताउँछिन् । ‘पहिले विद्यार्थी घरबाट विद्यालय पुगे पनि बीच बाटोमै बस्ने,रुने कराउने समस्या थियो,’उनले भनिन्,‘अहिले दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि खाजा खानकै लागि पनि विद्यार्थी विद्यालय निरन्तर पुग्छन् ।’

    ३२ वटा विद्यालयमा दिवा खाजा कार्यक्रम 

    गाउँपालिकाको ३२ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम लागु भएको छ । बालविका;देखि कक्षा ५ सम्म लागु भएको यो कार्यक्रम सकरात्मक र प्रभावकारी भएको भगवतीमाई गाउँपालिका शिक्षा विज्ञान तथा प्रविधि शाखा अधिकृत मानबहादुर विश्वकर्मा बताउँछन् । उनका अनुसार २४ वटा विद्यालयमा खाद्य परियोजना र बाँकी रहेका आठवटा विद्यालयमा नेपाल सरकारको सशस्त्र अनुदानबाट सञ्चालन भइरहेको बताए । दिवा खाजा कार्यक्रम लागु भएपछि विद्यालय पुग्नेको संख्या बढेको, दिउँसो विद्यालयमा लुकेर जाने बालवालिकाको संख्या कम हुँदै आएको छ । 

    दिवा खाजामा स्थानीय स्तरकै उत्पादन 

    भगवतीमाई  गाउँपालिकाका ३२ वटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई जोड दिएको शिक्षा विज्ञान तथा प्रविधि शाखा अधिकृत विक बताउँछन् । अहिले यहाँका अधिकांश सामुदायिक विद्यालयहरूमा स्थानीयस्तरमा उत्पादन भएका अर्गानिक खानेकुरालाई जोड दिएका छौँ,’  उनले भने, ‘अहिले पनि स्थानीय जातका खानेकुरा नभेटेपछि केही विद्यालयले मात्र चामल अन्यले स्थानीय स्तरकै उत्पादनमा जोड दिएका छन् ।  स्थानीय स्तरकै अर्गानिक खानेकुरालाई जोड दिँदा स्थानीय किसानको आयआर्जन बढेको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार