Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु


    बिहिबार, चैत्र १० २०७८
    405
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–६ चोभारस्थित सडकमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । 

    बा.९२ प २३१ नम्बरको मोटरसाइकललाई ना.१ ज ६३५४ नम्बरको टाटा सुमोले बुधबार ठक्कर दिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    मृत्यु हुनेहरुमा मोटरसाइकल चालक नागार्जुन नगरपालिका–६ बस्ने २८ वर्षीय समिर गिरी र मोटरसाइकलमा सवार कलंकी बस्ने नविन्द्र नाम गरेका थर नखुलेका करिब ३० वर्षीय पुरुष रहेका छन् । 

    दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार