Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ऋषिङ गाउँपालिका भवनकाे उद्‍घाटन गर्दै देउवा


    बिहिबार, चैत्र १० २०७८
    870
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • तनहुँ ।  प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँ आउदैछन् । जिल्लामा हुने चार कार्यक्रममा सहभागी हुनलाई देउवा तनहुँ आउन लागेका हुन् ।

    बिहान १० बजेपछि प्रधानमन्त्री देउवा तनहुँ आउने साहयक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए । देउवा स्याङजाको कार्यक्रममा सहभागी भएर तनहुँ आउने उनले बताए ।

    ‘तनहुँ आएपछि सुरुमा प्रधानमन्त्रीज्यूले तनहुँ जलविद्युत आयोजनाको स्थलगत अनुगमन गर्ने कार्यक्रम छ’, उनले भने । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेपछि देउवा कांग्रेसको पार्टी कार्यालय दमौलीमा हुने छलफल कार्यक्रममा सहभागी हुनेछन् । 
     
    प्रधानमन्त्री देउवाले आठौँ तनहुँ महोत्सको उद्घाटन गर्ने गैरेले जानकारी दिए । बिहीबार नै ऋषिङ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको देउवाले उद्घाटन गर्नेछन् । 

    प्रधानमन्त्री देउवाले ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम एमालले भने बहिष्कार गर्ने भएको छ । सर्वदलीय समितिले सिफारिस गरेको स्थानविपरीत गाउँपालिकाको केन्द्र कायम गरेर भवन बनाएकाले बहिष्कार गर्ने घोषणा गरेको नेकपा एमाले ऋषिङ गाउँ कमिटीका सचिव कविराज श्रेष्ठले बताए । गाउँपालिकाको केन्द्र परिवर्तनको अनुमति समेत नलिएर भवन बनाइएको उनले उल्लेख गरे ।

    २०७६ असोज दोस्रो साता भवन शिलान्यासको बखतमा तत्कालीन नेकपाले अवरोध गरेको थियो ।  भवन शिलान्यास गर्न आएका नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालमाथि आक्रमण गरिएको थियो । विवाद र अवरोधकैबीच शिलन्यास गरिएको भवन प्रधानमन्त्री देउवाले उद्घाटन गर्दैछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार