काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल( प्याब्सन)ले नेपाल समाचारपत्रका वरिष्ठ सहायक सम्पादक ईश्वरराज ढकाललाई प्याब्सन राष्ट्रिय शिक्षा पत्रकारीता पुरस्कार–२०७८ प्रदान गरेको छ ।
प्याब्सनको १५ औ महाअधिवेशनमा आज आयोजित कार्यक्रममा पत्रकार ढकाललाई सम्मान गरीएको हो । विगत दुई दशकदेखि शिक्षा पत्रकारीता पेशामा लागेका पत्रकार ढकाललाई प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट प्रधानमन्त्री कार्यालयका राज्य मन्त्री उमेश श्रेष्ठले सम्मान गर्नुभएको हो । उहाँलाई सम्मानपत्र र २५ हजार नगद सहित सम्मान गरीएको हो ।
सम्मान कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेलले निजी शिक्षाक्षेत्र उन्नयनको लागि निजी विद्यालयले खेलेको भुमिकाको प्रशंसा गर्नुभएको थियो । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री श्रेष्ठले अब निजी विद्यालयकै कारण शिक्षा क्षेत्रको विकास भएको दाबी गर्नुभयो । उहाले संस्थालाई थप प्रोफेसनल बनाएर लौजानुको विकल्प नभएको धारणा व्यक्त गर्दै त्यसको लागि सबैको एकमत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्याब्सनका अध्यक्ष टीकाराम पुरीले निजी विद्यालयले लगानीको संरक्षण, सम्पत्तीको सुरक्षा , छात्रवृतिमा भएको विभेद हटाउनुपर्ने बताउनुभयो । कार्यक्रममा प्याब्सनका पुर्व अध्यक्ष एवं सल्लाहकार राजेश खड्कालाई प्याब्सन गौरब , बिएन शर्माm सानु अमात्य, डोलराज पाण्डे, नारायण अधिकारी र सरोज रायलाई प्याब्सन रत्न पदकबाट सम्मान गरीएको थियो ।