Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खर्क मासेको भन्दै स्थानीयले ठप्प पारे सालासुङी जलविद्युत आयोजना


    बुधबार, चैत्र ९ २०७८
    430
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • हेमनाथ खतिवडा

    रसुवा । आमाछोदिङमो गाउँपालिका-५ मा निर्माणाधीन ७८ मेगावाट क्षमताको सालासुङगी जलविद्युत आयोजनाले क्षति पुर्‍‍याएको भन्दै स्थानीयले शुक्रबारदेखि आयोजनाको काम रोकिदिएका छन् ।

    वातावरणीय प्रभाव मूल्यांकनको आधारमा वातावरण संरक्षण गर्नेगरी सालासुङगी वाटर प्रालि र गाउँपालिकाको ५ वडा कार्यालयबीच २० असामा सम्झौता भएको थियो । 

    तर, सम्झौताविपरीत आयोजना स्थलमार्ग निर्माणका क्रममा वनजंगल विनास गरेको, १० वटा खर्कमा क्षति पुर्‍याएको भन्दै स्थानीयले आयोजनाको काम नै ठप्प पारेका हुन् ।

    सडक निर्माणका कारण ठूला ढुंगाले पशु हिँड्ने बाटो नभएको र घाँस पाउने खर्क मासिँदा २७ चाैँरी तथा भेडा पालक किसान समस्यामा परेको चौँरीपालक किसान सोनामनुर्पु तामाङ बताए । 

    हिउँ पर्ने मौसममा चौँरीगोठ तल सार्ने तथा गर्मी सुरु भएपछि लेकतिर सार्ने चलन छ । ‘अहिले त खर्क मासियो जंगलमा चरन खोज्न जाने बाने बाटो समेत छैन,’ किसान छेवाङ तामाङले बताए । 

    आमाछोदिङमो गाउँपालिका-५ का वडाध्यक्ष टासी छेवाङ तामाङले माग सम्बोधन नभएपछि स्थानीयले काममा अवरोध गरेको सूचना प्राप्त भएको बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत भएको संझौता अनुसार काम नभएको उनले बताए । 

    निर्माणाधीन माथिल्लो साङजेन आयोजनाभन्दा ५ सय मिटरमाथि यो आयोजनाको विद्युतगृह निर्माण भइरहेको छ । नेपाली साझेदार सालासुङगी पावरको ८ र चिनियाँ लगानीकर्ता चाइना हार्वड इन्जिनियरिङ कम्पनीको ९२ प्रतिशत लगानी छ । आयोजना टनेल ४ किमी र पेनसटकसमेत ७ किमी रहेको छ भने तातोपानीदेखि ड्याम साइडसम्म पुग्न ३२ किमी सडक निर्माणलगायतका काम भइसकेको छ ।

    सालासुङ्गी पावर प्रालिका विष्णुराज अधिकारीले केही व्यक्तिले निहीत स्वार्थ पूरा गर्न आयोजनाको काममा अवरोध गरेको बताए । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार