Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महाधिवेशन अघि नै प्याब्सन अध्यक्ष निर्विराेध, अरू आजबाट चयन हुँदै


    बुधबार, चैत्र ९ २०७८
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं  ।  निजी क्षेत्रबाट सञ्चालित बिद्यालयको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मा महाधिवेशन अघि नै अध्यक्ष निर्विरोध चयन भएका छन् । 

    आगामी तीन वर्षे कार्यकालका लागि महाधिवेशन अगावै सहअध्यक्ष डिके ढुंगना अध्यक्षमा निर्विरोध भएका हुन् । अन्य पदाधिकारी, केन्द्रीय सदस्यलगायतको चयन गर्न आजबाट महाधिवेशन सुरु हुने भएको छ ।

    काठमाडौंमा आजबाट सुरु हुने प्याब्सन १५ औँ राष्ट्रिय महाधिवेशनले अध्यक्षसहित निर्विराेध भएकासहित २७ पदाधिकारीसहित ६६ जनाको केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।  महाधिवेशनमा २ हजार ३ सय प्रतिनिधिले सहभागिता जनाउँदै छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार