काठमाडौं, ३ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छ् । उनी श्रीमती कोमल, निजी सचिव सागर तिमल्सिना, सुरक्षाकर्मीसहित झापा हुन् । करिब एक साताअघि पूर्व राजावादी पार्टी राप्रपालाई एक बनाएपछि राजनीतिमा आफू सफल भएको जनाउँदै खुसी मनाउन उनी झापा गएका हुन् ।
कोरोना भाइरसको संक्रमण छल्न र झापामै नयाँवर्षको कार्यक्रम मनाउन उनी झापा गएको स्रोतको भनाइ छ । करिब दुई महिनाअघि झापामा रहँदा कोहीसँग भेट नगरेका ज्ञानेन्द्रले यो बसाईमा अधिकांश राजावादीसँग भेट गरी देशको राजनीतिक विश्लेषण गर्ने कार्यक्रम रहेको उच्च स्रोतले जनाएको छ । बल्ल झापा पुगेकाले केही दिनमा भेट गर्ने तालिका बनाइरहेका छौं–स्रोतले भन्यो ।
भेटको तालिका निजी सचिव तिमल्सिना र संवाद सचिव डा. फणिराज पाठकले बनाइरहेका छन् । पछिल्लो अधिकांश समय काठमाडौं बाहिर बस्दै आएका ज्ञानेन्द्रले यो बसाइलाई महत्वपुर्ण रुपमा लिएका छन् ।