Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • चुनावमा हारेका धामी फेरि उत्तराखण्डको मुख्यमन्त्री बन्दै


    मंगलबार, चैत्र ८ २०७८
    530
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • उत्तराखण्ड ।  भारतीय राज्य उत्तराखन्डमा पुस्कर सिंह धामी फेरि मुख्यमन्त्री बन्ने भएका छन् । चुनाव पराजयपछि पनि उनी उत्तराखन्डको मुख्यमन्त्री बन्न लागेका हुन् । मार्चको दोस्रो साता सार्वजनिक भएको विधान सभा निर्वाचनमा धामी कंग्रेसका उम्मेदवारसँग पराजित भएका थिए । 

    उनी राज्यको भाजपा विधायक दलको नेतामा निर्वाचित भएका छन् । भाजपा विधायक दलको नेता निर्वाचित भएपछि धामीले लगातार दोस्रो कार्यकालको लागि भाजपालाई मतदान गरेकोमा राज्यका जनतालाई धन्यवाद दिएका छन् । 

    ‘पुस्कर सिंह धामी विधायक दलको नेतामा निर्वाचित भएका छन् । उनको नेतृत्वमा उत्तराखण्डले तीव्र प्रगति गर्नेछ,’ रक्षामन्त्री राजनाथ सिंहले भने । आगामी १० वर्षमा उत्तराखण्डलाई अग्रणी राज्य बनाइने उनले बताए । 

    उनले  बुधबार २३ मार्चमा मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय संविधानअनुसार सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मुख्यमन्त्री हुन पाउने व्यवस्था छ । धामीका लागि सिट खाली गर्न भाजपाका सांसदहरु इच्छुक रहेका छन् । 

    ७० सिट भएको उत्तराखण्डको विधान सभामा भाजपा ४७ सिटमा विजयी भएको थियो । विजयसँगै भाजपाले उत्तराखण्डमा लगातार दोस्रो पटक सरकार गठन गर्न लागेको हो । 

    कंग्रेस उम्मेदवार भुवन चन्द्र काप्रीसँग ६ हजार ५७९ मतअन्तरले पराजित भएपछि ११ मार्चमा धामीले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए । एजेन्सी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार