काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । यस कम्पनिले ३१ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरु र २८ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
यस कम्पनिको अनुसार चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।