Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न गाउँपालिकाको माग


    मंगलबार, चैत्र ८ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । गोरखाको सहिद लखन गाउँपालिकाले लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।

    कार्यपालिका बैठकबाटै निर्णय गरेर पालिकाले नेपाल सरकारलाई उक्त निर्णय बुझाएको हो । यसबाहेक पहिलो जनविद्रोहमा लखन थापासँगै सहादत प्राप्त गर्ने जयसिंह चुमी राना मगर, जीतमान गुरुङ, विराज थापा मगर, जुठ्या थापा मगर, अछामी मगर र अजपसिंह थापा मगरलाई शहिद घोषणाको माग गरिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए ।

    अध्यक्ष थापाले भने, लखन थापाको जति सम्मान हुनसक्यो, उति इतिहासको सम्मान हुन्छ । राज्यले राष्ट्रिय विभूति घोषणा गर्न ढिलो गर्नु हुन्न ।’ गाउँपालिकाले पर्यटनमन्त्री प्रेम आलेलाई ज्ञापनपत्र नै बुझाएको हो ।

    लखन थापाले सहादत प्राप्त गरेको दिन हरेक वर्ष सार्वजनिक विदाको घोषणा गर्न पनि माग गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार