Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीकाे आराेप- निर्वाचन आयोग र गठबन्धनबीच चुनाव सार्ने षड्यन्त्र भइरहेको छ


    सोमबार, चैत्र ७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भइरहेको बताएका छन् ।

    सोमबार बसेको पार्टीको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै ओलीले अहिले पनि निर्वाचन सार्ने षडयन्त्र भइरहेको आराेप लगाएका हुन् ।

    निर्वाचन आयोग र सत्ता गठबन्धनबीच चुनाव सार्नेबारे संम्वाद भइरहेको जिकीर गर्दै उनले भने,‘आयुक्तहरुको नियुक्ति बदर गरिदियो भने निर्वाचन गराउन सक्छ कि सक्दैन भनेर छलफल भइरहेको छ ।’ 

    उनले अघि भने, ‘षडयन्त्रको विल भर्पाइ हुँदैन । त्यसकारण यसको प्रमाण छ भन्ने हुँदैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार