Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सिटी, लिभरपुल र क्रिस्टल प्यालेस सेमिफाइनलमा


    सोमबार, चैत्र ७ २०७८
    550
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । इंग्लिस प्रिमियर लिगका महारथी क्लबहरु  म्यानचेस्टर सिटी, लिभरपुल र क्रिस्टल प्यालेस एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

    आइतबार राति भएको खेलमा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले साउथह्याम्टनमाथि उसकै मैदानमा ४–१ को सानदार  जित निकाल्यो ।सिटीको फराकिलो जितमा रहिम स्टर्लिङ, केभिन डि ब्रुएन, फिल फोडेन र रियाद महारेजले गोल गरे । सिटीका रक्षक एमरिक लापोर्टाले आत्माघाती गोल गरेका थिए ।

    अर्काे खेलमा लिभरपुलले नथिङघम फरेस्टलाई १–० ले पराजित गर्‍याे ।  लिभरपुलको जितमा डिएगो जोटाले ७८औं मिनेटमा निर्णायक गोल गरे ।अर्काे खेलमा क्रिस्टल प्यालेसले एभर्टनमाथि ४-० अन्तरको सहज जित निकाल्यो ।प्यालेसको जितमा मार्क गुही, जिन फिलिप माटेटा, वेलफ्रेड जाहा र विल ह्युगले गोल गरे ।

    योसँगै एफए कपको सेमिफाइनलको समिकरण पुरा भएको छ । सेमिफाइनलमा चेल्सी र क्रिस्टल प्यालेस तथा सिटी र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार