Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोरङको लेटाङमा प्रदर्शनकारीको आक्रमणमा परी प्रहरी जवानको मृत्यु


    आइतबार, चैत्र ६ २०७८
    560
    Shares
  • १ मिनेट पाठ
  • बिराटनगर । मोरङको लेटाङमा शिक्षकले बिद्यार्थीलाई यौनदुव्र्यवहार गरेको विषयमा भएको विवादमा प्रदर्शनकारीले आक्रमण गर्दा एक प्रहरी जवानको मृत्यु भएको छ । प्रदर्शनकारीले आक्रमण गर्दा गम्भीर घाइते भएका प्रहरी जवानको अस्पताल लानै नपाई मृत्यु भएको छ ।

    नेपाल प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीका अनुसार घटनाको जानकारी पाएपछि स्थानीय प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएपछि अचानक आएको भीडले सुरक्षाकर्मीमाथि आक्रमण गरेको थियो । प्रदर्शनकारीको आक्रमणमा परेका प्रहरीको घाँटीमा गम्भीर चोट लागेको थियो । 

    प्रदर्शनकारीको आक्रमणपछि मोरङका एसपी जर्नादन जीसीसहितको टोली घटनास्थलमा पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार