Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तुवाचुङ नगरपालिकामा चौँथो शहरी स्वास्थ्य केन्द्र 


    शनिबार, चैत्र ५ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  
    खोटाङ ।  हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको झाप्पामा शहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । भौगोलिक कठिनाइले स्वास्थ्य संस्थाबाट टाढा रहेका, स्वास्थ्य संस्था पुग्न दुई–तीन घण्टा हिँड्नु पर्ने, स्वास्थ्य सेवाबाट बञ्चित रहेका नागरिकलाई लक्षित गर्दै नगरपालिकाले झाप्पामा शहरी स्वास्थ्य केन्द्र विस्तार गरेको हो । 

    स्वास्थ्यचौकी सरहको स्वास्थ्य सेवा दिनेगरी औषधिसहित एक जना अहेब र एक जना अनमीको व्यवस्था गरेर केन्द्र स्थापना गरेको नगर स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताएका छन । शहरी स्वास्थ्य केन्द्र हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले शुक्रबार उद्घाटन गरेका हुन् । ११ वडा रहेको नगरपालिकामा स्थापना गरिएको यो चौँथो शहरी स्वास्थ्य केन्द्र हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार