काठमाडौँ, ३ चैत। कोरोना भाइरस संक्रमणको त्रासको समयमा कृत्रिम अभाव सिर्जना नगर्न राष्ट्रिय मानव अधिकार आयोगले ब्यवसायीहरुलाई आग्रह गरेको छ । आयोगले ब्यवसायीलाई गरी कालाबजारी र अत्यधिक मूल्य असुली नगर्न नगुर्नका साथै सरकारलाई प्रभावकारी अनुगमन गर्न आग्रह गरेको छ ।
कोरोना भाइरलको रुपमा फैलिएसँगै मुलुकका व्यापारीहरुले दैनिक उपोभोग्य सामग्रीदेखि इन्धनमा कालोबजाी गर्न थालेको छ । उक्त त्रासको समयमा हुने कृत्रिम अभाव, कालाबजारी, अत्यधिक मूल्य असुली, गुणस्तरहीन वस्तुको बिक्री नगर्न र नगर्न व्यवाियीलाई आयोगल आग्रह गरेको हो ।
अभावको समयमा उपभोक्ता अधिकार हनन हुने गरेको भन्दै आयोगले आफ्ना अधिकारप्रति सचेत र सजग रहन पनि उपभोक्तालाई आग्रह गरेको छ ।
सचिव वेद भट्टराईद्वारा सोमबार जारी विज्ञप्तिमा कोरोना संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउन पनि आग्रह गरिएको छ ।
सन्त्रास र संकटको मौका छोपी आम उपभोक्ताको दैनिक जीवनमा गम्भीर असर पर्ने गरी उपभोग्य वस्तु, औषधी र खाना पकाउने ग्यासको कृत्रिम अभाव भएकोप्रति ध्यानाकर्षण भएको आयोगले बताएको छ ।