Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सहरी विकास मन्त्रालयको सचिवको जिम्मेवारी पुनः रमेश सिंहलाई नै दिइयो, आजै पदबहाली 


    शुक्रबार, चैत्र ४ २०७८
    2.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सहरी विकास मन्त्रालयको सचिवमा पुनः डा. रमेशप्रसाद सिंह नै फर्किएका छन् । सहरी विकास मन्त्रालयका बारेमा राम्रो जानकार सचिव सिंहलाई  गएको मंसिर १३ मा प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो ।

    प्रधानमन्त्री कार्यालयमा पूर्वाधारविज्ञका रुपमा उनी कार्यरत थिए । उनले देखाएको क्षमताबाट प्रभावित भई प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई ४ महिनामै पुनः सहरी विकास मन्त्रालयकै जिम्मेवारीमा फर्काएका छन् । सहरी विकास मन्त्रालयले कार्यप्रगति देखाउनै नसकेपछि मन्त्री रामकुमारी झाँक्रीसमेत सचिव फेर्ने निष्कर्षमा पुगेकी हुन् ।  उनलाई आजै सहरी विकास मन्त्रालयमा सरुवा भएको पत्र दिइएको छ । 

    मन्त्रिपरिषदको पछिल्लो बैठकको निर्णय अनुसार उनलाई सरुवा गरिएको स्रोतले बतायो । सचिव सिंहले आजै २ बजे पदबहाली गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार