काठमाडाैं । सरकारले निजामती कर्मचारीका सन्तानलाई स्नातक तह पढ्न पाँच लाख रूपैयाँसम्म छात्रवृत्ति दिने भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहसचिव नारायण अर्यालका अनुसार निम्न आय भएका र अरक्षणका कर्मचारीका छोराछोरीले छात्रवृत्ति पाऊन् भन्ने उद्देश्यले साे छात्रवृत्ति दिन लागिएकाे हाे ।
२० लाख रूपैयाँभन्दा बढी शिक्षण शुल्क लाग्ने भए पाँच लाख रूपैयाँ छात्रवृत्ति दिइने छ ।
यस्तै १५ लाखदेखि बढी २० लाखसम्म शुल्क लाग्ने भए चार लाख, दश लाखदेखि १५ लाख शिक्षण शुल्क लाग्ने भए तीन लाख छात्रवृत्ति पाइनेछ ।
एक लाख रूपैयाँभन्दा कम शिक्षण शुल्क लाग्ने भए लागेको शुल्कबमोजिमको रकम छात्रवृत्ति दिने निर्देशिकामा उल्लेख छ ।
अर्यालका अनुसार कोटा निर्धारण गरेर छात्रवृत्ति वितरण गरिनेछ ।
यस्तो छ निर्देशिका: