धनगढी । गत ३० फागुनमा कैलाली आएका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि चाडै नै आउनले बताए । प्रचण्डको यस्तो भनाइ पछि सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिता भइ हाल्छ होला भन्ने धेरैको सोचाइ थियो ।
तर, कांग्रेसमा भने अझै पनि प्रदेश सरकारको मन्त्री परिषद्मा जाने वा नजाने भन्ने दुविधा छ । ‘पार्टीले अझै पनि कुनै निर्णय पठाएको छैन,’ नेपाली कांग्रेस प्रदेश संसदिय दलका नेता डाक्टर रणबहादुर रावलले भने, ‘कसलाई मन्त्री बनाउने भन्ने पनि टुङ्गो छैन, हामी केन्द्रको प्रतिक्षामा छौं ।’ उनले कांग्रेस सरकारमा जाँदा मुख्यमन्त्री नै पाउनुपर्ने दावी समेत गरेका छन् । सरकारमा समर्थन दिएर पनि अहिलेसम्म कुनै भाग नमागेका बताउँदै अब मन्त्री परिषद्मा जाने स्थिति बने मुख्यमन्त्री नै पाउनुपर्ने बताए ।
नेता रावल त्यसैका लागि काठमाडौं पुगेका छन् । काठमाडौंमा उनले कांग्रेस सभापति देउवा लगायतका नेतालाई भेट गरेको र सबैले आफ्ना मागलाई सकारात्मक रुपमा लिएको उनी बताउँछन् ।
यता नेकपा एकिकृत समाजवादी पार्टीले पनि मन्त्रीपरिषद् हेरफेर हुने अवस्था आएमा मुख्यमन्त्रीकै दावी गरीरहेको छ ।
तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले भने सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन नहुने प्रष्ट पारेका थिए । ‘मुख्यमन्त्री परिवर्तनको कुरा नेकपा एसका नेता माधवकुमार नेपालले गरेको हो,’ अध्यक्ष प्रचण्डले भने, ‘तर अहिलेको समीकरणअनुसार सत्तारुढ गठबन्धनका तीन दलले दुईदुई वटा तथा जसपाले एउटा प्रदेशमा नेतृत्व गर्दै आएका छौं, सुदूरपश्चिमको नेतृत्व परिवर्तन हुने बिक्तिकै सबै प्रदेशमा समीरण फेरिने देखिएपछि हामी पछि हटेका छौं ।’ उनले गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्र पहिलो पार्टी भए पनि नेतृत्व नलिएको स्मरण गर्दै सुदूरपश्चिमको हकमा नेकपा एस ठुलो दल भए पनि सहमतिअनुसार जाँदा उसले नेतृत्व पाउन नसक्ने बताए ।
नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले भने तत्काल मन्त्री परिषद्मा कांग्रेसको सहभागिता नभए प्रतिपक्षमा बस्ने र आगामी गठबन्धनको सबै सम्भवाना सकिने बताए । तर, उनले मुख्यमन्त्रीका लागि भने कांग्रेसले सुदूरपश्चिमममा भाग नमागेको स्पष्ट पारे । गठबन्धन दलको सहमतिअनुसार कांग्रेसले दुई प्रदेशको मुख्यमन्त्री पाइसकेको बताउादै बलायरले सुदूरपश्चिममा नेतृत्व नचाहिएको तर मन्त्री भने चाहिने बताए ।
‘केन्द्रदेखि प्रदेशसम्म गठबन्धन गर्ने निर्णय भए पनि सुदूरपश्चिममा कांग्रेसले अहिलेसम्म केही पाएको छैन, सभापति बलायरले भने, ‘सरकारमा दुई दल मिलेको मनोमानी हुँदा कांग्रेस सरकारलाई समर्थन दिएर ठुलुटुलु हेरेर बस्न सक्दैन । हामीलाई मन्त्री नदिए तत्काल समर्थन फिर्ता गर्नेछौं । हामी प्रतिपक्षमा जानेछौं र आगामी गठबन्धनको औचित्य पनि त्यही समाप्त हुने छ ।’ उनले सरकामा जाने वा नजाने भन्ने विषय भने केन्द्रको भरमा रहेको बताए । ‘हाम्रो प्रष्ट धारणा हामीले केन्द्रलाई भनेका छौं,’ उनले भने कांग्रेसलाई आगामी दिनमा पनिसँगै लैजाने वा अलगअलग जाने भन्ने टुङ्गो लगाउने जिम्मा केन्द्रीय नेतृत्वको भरमा छ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend