Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकामा ट्राफिक चेकजाँच कडा, होस् गर्नुहोस् है दिनभर होल्ड परिएला (फोटो फिचरसहित)


    बिहिबार, चैत्र ३ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । फागुपूर्णिमाको अवसरमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकाका ६८ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट राखेको छ । यस्तै ठाउँ ठाउँमा राडार गनबाट गति निगरानी समेत भइरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसपी) सञ्जीव शर्माले जानकारी दिए । 

    सातदोबाटो, सानेपा, भक्तपुरको गठ्ठाघर र सूर्यविनायकमा राडारबाट गति निगरानी गरिएको उनले बताए । सवारीसाधन चेकजाँचका लागि उपत्यकामा एक हजार तीन सय ट्राफिक प्रहरी परिचालन गरिएको छ । 

    ट्राफिक प्रहरीले अहिलेसम्म लापरबाही गरेर चलाएका र मापसे गरेर चलाएका एक सय ७० वटा सवारी साधनलाई होल्डमा राखेको प्रवक्ता शर्माले बताए । 

    तीव्र गतिमा सवारीसाधन चलाउने, मापसे गरेर चलाउने र हेल्मेट नलगाई चलाउने सवारीसाधनलाई नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रणमा लिइएका सवारीलाई दिनभर होल्ड गरेर साँझतिर छोडिनेछ । 

    गत वर्ष होलीको दिन मात्रै ४७ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । यो वर्ष सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले चेकजाँचलाई कडाई गरेको प्रवक्ता शर्माले बताए । 

    275630752_3013435672301947_5379534933582344328_n.jpg274877010_968354563885225_4478443994037653845_n (1).jpg275219366_224931336485601_3614410047254341344_n.jpg275646383_534940544854769_6982438258008886792_n.jpg275910922_309513424503283_867212657961727335_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार