Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आजको मौसम पूर्वानुमान


    बिहिबार, चैत्र ३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । जल तथा  मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना रहेको छ।

    हाल बिहार तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको कारण देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

    गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावाना रहेको महाशाखाले जनाएको छ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार