काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले होली पर्वले सत्यको विजय हुने बताएका छन् ।
होलीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले होली पर्वले समाजमा विद्यमान विभिन्न विकृति, विसङ्गति, कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य, सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण र सम्वद्र्धनमा सबैलाई उत्प्रेरित गरिरहने बताए।
विविध संस्कृतिको इन्द्रेणीका रुपमा रहेको नेपाली समाजमा यो पर्वले लोक संस्कृतिको प्रवद्र्धनमा थप टेवा पुर्याउने उनको भनाइ छ ।
खुसीको पर्वका रुपमा होलीलाई हर्षोल्लासपूर्वक मनाउँदै आपसी सद्भाव, आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिमा योगदान पुर्याउने उनको विश्वास छ ।
यो पर्व हिमाली, पहाडी तथा भित्री मधेशका जिल्लामा आज र तराईका जिल्लामा भोलि शुक्रबार मनाइँदैछ ।