काठमाडौं । सत्ता गठबन्धनले न्यायपालिकालाई अस्थिर र आफ्नो नियन्त्रणमा राख्ने काम गरेको भन्दै एमालेले त्यसको भण्डाफोर गर्ने भएको छ । आज बसेको संसदीय दलको बैठकले सत्ता गठबन्धनले न्यायपालिकालाई आफ्नो नियन्त्रणमा लिने कार्य गर्दै आएको भन्दै त्यसको संवैधानिक तथा कानुनी प्रतिवाद गर्दै भण्डाफोर गर्ने निर्णय गरेको प्रमुख सचेत विशाल भट्टराईले जानकारी दिए ।
बैठकमा दलका नेता केपी शर्मा ओलीले अदालतलाई आफू अनुकूल चलाउन प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव ल्याएको भन्दै त्यसको भण्डाफोर गर्नुपर्ने बताएका थिए ।
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्ने उद्देश्यले नभई अदालतलाई आफू अनुकूल चलाउन आएको उनको भनाई थियो । जुन कुरा संसद्को अधिवेशन अन्त्य गर्नुले पुष्टि गरेको उनको भनाई थियो ।
दलको बैठकमा ओलीले यसको कडा रूपमा प्रतिवाद गर्न निर्देशन दिएका थिए । सबै उपाय अपनाएर न्यायिक स्वतन्त्रता बचाउन एमाले तयार हुनुपर्ने मामा उनको जोड थियो ।
अहिलेको गठबन्धनले अदालतलाई आफ्नो मतियार बनाउने संकेत देखिएको भन्दै त्यसका लागि सबैले जोडदार रूपमा प्रस्तुत हुनुपर्ने बताएका थिए ।
आजको बैठकमा १०औं महाधिवेशनको समेत समीक्षा गरिएको प्रमुख सचेतक भट्टराईले बताए । त्यस्तै आसन्न स्थानीय चुनाव केन्द्रित गतिविधिमा लाग्न समेत पार्टी अध्यक्षबाट निर्देशन भएको उनको भनाई छ । एमालेले निर्वाचनबारे निर्णय गर्न आगामी ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend