काठमाडौं । एमाले आसन्न स्थानीय तहको निर्वाचनमा ७० प्रतिशत विजयी हासिल गर्नेगरी चुनावमा होमिने भएको छ ।
संघीय संसद भवनमा बुधबार बसेको संसदीय दलको बैठकमा दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा ७० प्रतिशत विजयी हासिल गर्नेगरी निर्वाचनमा होमिन आफ्ना सांसदलाई निर्देशन दिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
‘आजको बैठकमा अध्यक्षज्यूले विशेष निर्देशन दिनुभएको छ । उहाँले स्थानीय तहको निर्वाचनमा एमालेले ६५ देखि ७० प्रतिशत स्थानीय तहमा विजयी हासिल गर्छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘तपाइँहरू पार्टीलाई धेरैभन्दा धेरै स्थानमा निर्वाचित गराउने गरी लाग्नुहोस् ।’
३० वैशाखमा हुने स्थानीय तहको निनर्वाचनमा एमाले एक्लै चुनाव लड्ने जानकारी दिएका प्रमुख सचेतक भट्टराईले एकाध स्थानमा एकाध पार्टीसँग तालमेल गरे पनि देशभर एक्लै चुनावमा होमिने जानकारी दिए ।
सर्वसम्मतीमा उम्मेदवार चयन गर्ने दाबी गरेका उनले कुनै स्थानमा सर्वसम्मती हुन नसके माथिल्लो कमिटीले हेर्ने बताए ।
संसदको दशौं अधिवेशनमा सरकार र सभामुख अग्निप्रसाद सापकोटाले देश र जनताको पक्षमा काम नगरेर आफ्नो मक्सद पूरा गर्ने कार्यमात्र गरेको एमालेले निष्कर्ष निकालेको भट्टराईले बताए ।
देशको अर्थतन्त्र रसातलमा पुगेको भन्दै यसको प्रतिवाद गर्ने एमालेले निर्णय गरेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend