Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वरबाट पक्राउ


    बुधबार, चैत्र २ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बैंकिङ कसूर मुद्दामा एकजना फरार प्रतिवादीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

    काभ्रेको पनौती नगरपालिका-१२ घर भई हाल गोकर्णेश्वर नगरपालिका-१२ बस्‍दै आएका ५६ वर्षीय डल्ले कामीलाई बुधबार अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

    उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ५ दिन कैद सजाय र १८ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

    कामीले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी विभिन्न मितिमा चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

    गोकर्णेश्वरमा लुकिछपी बसिरहेको अवस्थामा कामीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको अपराध महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार