Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भावुक हुँदै प्रचण्डले भने– आगामी चुनाव माओवादीका लागि जीवन मरणको लडाइँ भएर आउँदैछ


    बुधबार, चैत्र २ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनाव पार्टीका लागि जीवन मरणको सवाल भएको बताएका छन् ।

    बुधबार काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा बाेल्दै प्रचण्डले आउने निर्वाचनमा माओवादीलाई परास्त गर्ने षड्यन्त्र भइरहेको बताउँदै आफ्नाे पार्टी  जीवन मरणको दाेसँधमा रहेकाे बताएका हुन् ।

    ‘अहिले दुई वटा पार्टीमात्रै बनाउने कसरत चलिरहेको छ । दुई बुर्जुवा पार्टी पालैपालो शासन गर्ने । अरु परिवर्तनकारी पार्टी सिध्याउने षड्यन्त्र छ’,प्रचण्डले भने, ‘आउनेवाला निर्वाचन चाहे त्यो स्थानीय वा प्रदेश र संघको होस् त्यो सबै हाम्रा लागि सामान्य औपचारिक निर्वाचनमात्रै रहेको छैन । हाम्रो लागि यो लाइफ एण्ड डेथ –जीवन मरणको लडाइँ भएर आउँदैछ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार