Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लगातार घट्दै सुनकाे मूल्य, यस्तो छ आजको बजार भाउ


    बुधबार, चैत्र २ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । सुनकाे मूल्य याे साता ‌ओरालाे लागेकाे छ । साताकाे पहिलाे दिन प्रतिताेला एक लाख दुई हजार आठ सयमा किनबेच भएकाे छापावाला सुन साताकाे चाैथाे दिन बुधबार ९९ हजार तीन समय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

    साताकाे पहिलाे दिनकाे तुलनामा दाेस्राे दिन साेमबार आठ सय रुपैयाँले घटेर एक लाख दुई हजार तीन सय रुपैयाँ ताेकिएकाे थियाे । यसैगरी साेमबारकाे तुलनामा म‌ंगलबार छापावाल सुनकाे मूल्य एक हजार आठ सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा काराेबार भएकाे स‌ंघले जनायाे । 

    मंगलबारकाे तुलनामा बुधबार ताेलामा एक हजार दुई सय रुपैयाँले घटेर ९९ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेकाे छ । साताकाे पहिला दिनकाे तुलनामा साता चाैथाे दिन बुधबार सुनकाे मूल्य तीन हजार पाँच सय रुपैयाँले घटेकाे छ । 

    बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबारर एक हजार तीन सय ७० रुपैयाँ ताेकिएकाे संघले जनाएकाे छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार