Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युक्रेन संकट: युद्धविरोधी प्लेकार्ड देखाउने टेलिभिजन सम्पादकलाई २८० डलर जरिवाना


    बुधबार, चैत्र २ २०७८
    610
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । युक्रेनमा राष्ट्रपति पुटिनको सैन्य कारबाहीको विरोध गर्ने रुसी टिभी सम्पादकलाई अदालतले   २८० डलर जरिमाना सुनाएको छ ।

    टेलिभिजन सम्पादक म्यारिना ओभस्याननिकोभाले टेलिभिजनमा समाचार प्रसारण भइरहेका बेला समाचार बाचिकाको पछाडि उभिएर  ‘युद्ध होइन’ लेखिएको प्लेकार्ड देखाएकी थिइन् ।

    सो समाचार क्लिप विश्वभर भाइरल भएको थियो । युक्रेनी मूलकी उनले बोकेको प्लेकार्डमा लेखिएको थियो, ‘युद्ध होइन । युद्ध रोक । प्रोपोगान्डामा विश्वास नगर । तपाईलाई उनीहरुले यहाँ ढाँटेका छन् ।’  

    ओभस्याननिकोभाले अदालतसामू आफू दोषी नभएको बताइन । उनले अदालतअगाडि भनिन्, ‘म अझै पनि विश्वस्त छु की रुसले अपराध गरिरहेको छ ।’ रुसी अधिकारीहरुले आफूलाई १४ घन्टासम्म सोधपुछ गरेको उनले बताइन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार