Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३०० स्टाफ नर्सका लागि दरखास्त आह्वान, खुलामै १६५ सिट


    बुधबार, चैत्र २ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ ।

    मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ्र तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ ।

    खुलामा १६५ जनाको सिट छ । त्यस्तै, महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगमा सात र पिछडिएका क्षेत्रमा पाँच सिट कायम गरिएको छ । 

    आवेदकले २२ चैतभित्र नियमित र २९ चैतभित्र दोब्बर दस्तुर तिरेर अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् । १८ वर्ष पूरा भई ४५ ननाघेकाले आवेदन दिन पाउनेछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार