Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेले बोलायो पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक


    मंगलबार, चैत्र १ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले पोलिटब्यूरो, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । 

    मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालयको बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक आह्वान गर्ने निर्णय गरेको हो ।

    स्थानीय तह निर्वाचनको लागि आवश्यक तयारीका सन्दर्भमा छलफल तथा रणनीति निर्माणका लागि पार्टी कमिटीहरुको बैठक बोलाइएको एमाले 
    प्रचार विभाग प्रमुख एवम् उपमहासचिव पृथ्वीसुब्बा गुरूङले बताए । उनका अनुसार आजको बैठकले चैत ७ गते पोलिटब्यूरो, चैत ९ र १० गते केन्द्रीय कमिटी र १३ गते स्थायी कमिटीको बैठक आह्वान गर्ने निर्णय गरेको छ । 

    केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ। केन्द्रीय कमिटीको बैठकमा जिल्लाको शक्ति सन्तुलनको स्थिति लगायतका विषयमा रिपोर्टिङ हुने कार्यक्रम रहेको उनले बताए । 

    बैठकले स्थानीय तहका उम्मेदवारको सिफारिसको विधि र प्रक्रियाका बारेमा निर्णय गर्ने उनले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार