काठमाडौं। सरकारले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यको सिफारिस गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेसँग फागुन १ मा संसदमा दर्ता भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग के हुन्छ भन्ने चासो देखिएको छ ।
बुधबारका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको थियो । तर, सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरि अधिवेशन अन्त्य गरिदिएको छ । बुधबारको बैठकमा प्रधानन्यायाधीश राणाविरुद्ध पेस भएको महाभियोग प्रस्तावबारे छलफल गर्ने र महाभियोग सिफारिस समितिमा पठाउने तयारी थियो । तर, महाभियोगको प्रकृया राम्रोसँग सुरु नहुँदै अधिवेशन अन्त्य हुने भएको हो ।
प्रधानन्यायाधीशविरुद्धको महाभियोग सिफारिस समितिमा पठाएको भए संसद अन्त्य भए पनि छानबिन प्रक्रिया अगाडि बढ्न सक्थ्यो तर प्रकृया नै सुरु नभएका कारण यसबारेको केही प्रकृया पनि अघि नबढ्ने भएको हो । संसदमा सामान्य छलफल नै नभई अधिवेशन अन्त्य भएपछि राणाविरुद्धको महाभियोग सिफारिस समितिमा पठाउने प्रक्रिया रोकिएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुले बताए ।
महाभियोग दर्ता भएसँगै राणा हाल निलम्बित अवस्थामा छन् ।
प्रतिनिधि सभा नियमावलीअनुसार महाभियोग सिफारिस समितिले कारबाही प्रारम्भ गरेको बढीमा तीन महिनाभित्र सिफारिस सहितको प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्नुपर्ने व्यवस्था छ । तर प्रकृया सुरु नहुँदा समस्या देखिएको छ । अब आगामी अधिवेशनमा मात्र यसबारेको छलफल प्रकृया सुरु हुने छ । आगामी अधिवेशन बजेट अधिवेशन हुनेछ । उक्त अधिवेशनमा महाभियोगमाथि प्रतिनिधि सभामा छलफल हुने र समितिमा पठाइने छ ।
‘महाभियोगबारे सिफारिस समितिमा प्रस्ताव पठाइएको छैन । त्यसैले आगामी अधिवेशनमा महाभियोगबारेको प्रकृया अघि बढ्छ’ गुरुङले भने ।
जेठ १५ गते संघीय संसद्मा बजेट पेस गर्नुपर्ने र त्यसको १५ दिन अगावै प्रि-बजेट छलफल गरिसक्नुपर्ने भएकाले आगामी वैशाख मध्यतिर संसद अधिवेशन आह्वान हुन सक्ने सम्भावना रहन्छ । न्युज कारखाना
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend