काठमाडौं । पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकमा विकास निर्माण लक्षित कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् । आगामी चुनाव प्रचार अभियानमा लाग्दा विकास निर्माणसहितका नयाँ एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढ्न उनले सुुझाव दिएकी हुन् ।
कांग्रेसले पुरानै नारालाई दोहो¥याएरभन्दा पनि स्थानीय तह र जनताको आवश्यकता हेरेर विकास निर्माणमा सहयोग गर्न सके मात्र जनताको मन जित्न सक्ने उनको तर्क छ । महाधिवेशनपछिको कांग्रेस, चुनावी गठबन्धन, पार्टीभित्र महिलाको अर्थपूर्ण सहभागीता, गुटगत समस्या, भ्रातृ संस्थाको अधिवेशन लगायत विषयमा केन्द्रित भएर न्युज कारखानाकर्मी ईश्वरी बरालले नेतृ सुजाता कोइरालासँग गरेको कुराकानी :
आगामी चुनावमा कांग्रेस एक्लै लड्छ या गठबन्धनसहित ?
कांग्रेस एक्लै चुनाव लड्ने कि गठबन्धनसहित भन्ने विषयमा व्यापक छलफल गर्नुपर्छ । मैले अलिक अघिको राजनीतिक परिस्थिति हेर्दा सत्ता गठबन्धन मिलेर चुनावमा जानुपर्छ भनेको थिएँ । तर, कस्तो परिस्थिति हुन्छ त्यो बुझेर मात्र चुनावमा जानुपर्छ । कांग्रेसले पनि आफुलाई के गर्दा फाइदा हुन्छ, त्यो हेर्नुपर्छ । अरुको लागि भन्दा पनि कांग्रेस र देशको लागि हित हुने गरी चुनावी तालमेल गरेर जानुपर्छ । कांग्रेसलाई अझै व्यवस्थित र ठूलो पार्टी बनाउने गरी सोच्नुपर्छ ।
पार्टी सभापति शेरबहादुर देउवाले एउटा सानो समूहसँग मात्र छलफल गरेरभन्दा पनि व्यापक छलफल गरेर निर्णय लिनुपर्छ । गठबन्धन मिलेरै जाने हो भने पनि चुनावको समयमा आफू जित्ने स्थानमा कांग्रेसले छोड्नु हँुदैन । अरुलाई जिताउन भनेर कांग्रेसले उम्मेद्वारी नदिने भूल गर्नु हुँदैन । अघिल्लो चुनावमा चितवन लगायत केही स्थानमा कांग्रेसले उम्मेद्वारी नदिएर गल्ती भएको थियो । अब त्यस्तो गल्ती दोहोरिनु हुँदैन । कांग्रेस ठूलो दल भएकोले एक्लै चुनाव लड्न फाइदा हुन सक्छ । तर, पार्टीभित्र बृहत छलफल गरेर मात्र निर्णय लिनुपर्छ । हाम्रो आफ्नै बलियो संगठन छ ।
पार्टीले चलाएको चुनावी प्रचार अभियानको सुरुवाती प्रभाव कस्तो पाउनुभएको छ ?
चुनावी अभियानको प्रभावकारिता व्यापक छ । तर, हामीले परिर्वतनशील एजेन्डा बोकेर जनताको घर घरमा पुग्न सक्नुपर्छ । सधैँ इतिहासको मात्रै कुरा गर्नुभन्दा पनि समयअनुसार विकास निर्माण सहितका नारा र एजेन्डा बनाउनुपर्छ । जुन जिल्लामा जुन कुराको खाँचो र अभाव छ, त्यो पूरा गरिदिनुपर्छ । पार्टी प्रतिनिधि बनेर जिल्लामा पुगेका नेताले अध्ययन अनुसन्धान गरेर विकास निर्माणमा लाग्नुपर्छ । त्यहाँका जिल्ला सभापति, पार्टीका नेता कार्यकर्तालाई सोधेर समस्या समाधानमा केन्द्रित हुनुपर्छ । सबै समस्याहरू बुझेर समाधान गर्नुपर्यो कांग्रेसले । सबै जिल्लाका मुख्य समस्या र कांग्रेस कमजोर हुनुको जरो पत्ता लगाएर सम्बोधन गर्नुपर्छ, पछि जितेर आएपछि एजेन्डा बिर्सिने होइन । संगठनमा काम गर्नुपर्यो । ठूलो र विश्व राजनीतिको कुरा हुन्छ । तर, जनताको काम हुँदैन । यो नै अहिलेको मुख्य समस्या हो । स्थानीय तहको समस्या समाधान नभएसम्म पार्टीले बहुमत ल्याउँछ भन्ने छैन । काममा सिरियस भएर फोकस गर्नुपर्छ । राजनीति गर्नेले जनताको समस्यादेखि भाग्न मिल्दैन ।
पहिलो महिला मन्त्री बनाएको पार्टी कांग्रेसमा अहिलेसम्म आइपुग्दासमेत कोटा र आरक्षणबाट मात्र नेतृले स्थान पाउनुपर्ने विडम्बना किन ?
महिलालाई अगाडि बढाउँदैनन् । महिला भनेर आउन दिनुभएको छैन की अन्य कारण हुन्, त्यो मलाई थाहा हुन सकेको छैन । म मुलुकको पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री भइसक्दासमेत कसैको सहयोग पाउन सकेको छैन । अरु पदमै नपुगेका महिलाको अवस्था कमजोर छ । तर्सथ अझै महिलाको लागि कोटा, आरक्षण बढाउनु जरुरी छ । पार्टीमा महिला पनि उपसभापति, महामन्त्री लगायत अन्य पदाधिकारी हुन सक्थे, त्यो भएन ।
१४ औँ महाधिवेशनपछिको नयाँ नेतृत्वले पार्टीलाई कत्तिको चलायमान बनाउन सकेको छ ?
केही काम भएका छन् । केहीमा अलमल देख्छु । कोरोना कहरमा जनतालाई खोप दिने काम निकै राम्रो भयो । पार्टीका भ्रातृ संगठनहरू व्यवस्थित बनाउने काम भइरहेका छन् । केहीको अधिवेशन हुँदै छन् । तर, यतिले पुग्दैन, जनताको बीचमा पुग्नुप¥यो नेताहरू । आफ्नो जिल्ला र क्षेत्रमा पुगेर कार्यकर्ताको काम गर्नुपर्छ । अब बस्ने पार्टीको केन्द्रीय समिति बैठकमा म यी विषयहरू उठाउँछु । पार्टीको पिल्लरको रुपमा रहेका भ्रातृ संगठनहरूको अधिवेशन गर्नुपर्छ । नेतृत्व दिएर चलायमान बनाउनुपर्छ । भातृ संगठन सक्रिय भएको खण्डमा मात्र पार्टी सक्रिय हुन्छ ।
आफ्नो पार्टीभित्रका कमजोरी के के हुन् जस्तो लाग्छ ?
संगठन जति बलियो हुनुपर्ने त्यो हुन सकेको छैन । नेपाली कांग्रेसले अब नयाँ विचार दिनुपर्छ । समयअनुसार परिर्वतन हुनुपर्छ । सही मान्छेलाई टिकट दिनुपर्छ । पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्छ । आफुले टिकट नपाए पनि कांग्रेसको प्रतिनिधिलाई सहयोग गर्नुपर्छ । यसबारे पार्टीभित्र प्रशिक्षण चलाउनुपर्छ । नेतृत्व तहमा बसेका नेताले गुट अन्त्य गर्न भूमिका खेल्नुपर्छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend