Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मकवानपुरमा ३९ बिगाहा जग्गामा लगाइएको अफिम खेती नष्ट


    मंगलबार, चैत्र १ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मकवानपुर । मकवानपुरको विभिन्न स्थानमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ ।

    राक्सिराङ गाउँपालिका–४ अन्तर्गत राक्सिराङ, मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा र सोही गाउँपालिका–५ अन्तर्गत बमकिङ, लाफर लगायतको क्षेत्रमा २८ बिगाहमा लगाइएको अफिम खेती सोमबार प्रहरीले नष्ट गरेको हो । 

    लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले उक्त खेती नष्ट गरेको हो । 

    यसैगरी मकवानपुरको बकैया गाउँपालिका–६ ज्यामिरे, मोरङगेढाप लगायतको क्षेत्रमा ११ बिगाह जग्गामा लगाइएको अफिम खेती आइतबार प्रहरीले नष्ट गरेको छ । 

    ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले उक्त खेती नष्ट गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार