Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्थानीय तह निर्वाचनः ४ हजार मतदान केन्द्र थप हुँदै


    मंगलबार, चैत्र १ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारीमा रहेको निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको संख्या बढाउने तयारी गरेको छ ।

    २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मतदाता संख्यासमेत बढेको भन्दै आयोगले मतदान स्थल र केन्द्रको संख्या गत स्थानीय तहको निर्वाचनमा भन्दा बढाउने तयारी गरेको हो ।

    आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदाताको संख्या गत स्थानीय तहको निर्वाचनमा भन्दा बढेकाले मतदान स्थल र मतदान केन्द्रको संख्यासमेत थप हुने जानकारी दिएका हुन् ।

    २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा १८ हजार ५ सय ७२ मतदान केन्द्र र १० हजार ६ सय ४० मतदान स्थल कायम गरिएको थियो । आयोगले यसपटक भने १० हजार ७ सय ५६ मतदान स्थल र मतदान केन्द्रको संख्या २२ हजार ५ सय पुयाउनेगरी तयारी अघि बढाएको हो । मतदान स्थलभित्रै मतदान केन्द्र कायम हुनेछन् ।

    २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा १ करोड ४० लाख ५४ हजार मतदाता संख्या कायम थियो । यसपटक भने मतदाता संख्या १ करोड ७८ लाख पुग्ने आयोगको अनुमान छ । यो संख्या कायम भए अघिल्लो स्थानीय तहको निर्वाचनमा भन्दा ३८ लाख मतदाता बढी हुनेछन् ।

    आयोगका अनुसार एक मतदान केन्द्रमा १ हजारसम्म मतदातालाई मतदान गर्ने गरी व्यवस्था मिलाइन्छ । राजधानी दैनिकमा समाचार छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार