Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द


    मंगलबार, चैत्र १ २०७८
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज मङ्गलवारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ ।

    यातायात व्यवस्था विभागले  हिजो सोमबार एक सूचना निकाल्दै अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको हो ।

    अहिलेसम्म परेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गर्न लागेको विभागले जनाएको छ ।

    कोरोना महामारीका कारण लामो समयदेखि विभागले सवारीसाधन अनुमतिपत्र लाइसेन्स लिन चाहनेहरूलाई सहजै उपलब्ध गराउन सकेको छैन ।

    यस्तो छ सूचना :

    release_8W6.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार