Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यु-१९ महिला राष्ट्रिय क्रिकेट चैत पहिलो साताबाट


    सोमबार, फाल्गुन ३० २०७८
    560
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा ६ चैतबाट हुने सुदूरपश्चिम सिएम कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । 

    प्रतियोगितामा सुदुरपश्चिम प्रदेश, बागमती, गण्डकी प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश १ र मधेस प्रदेश गरी सात टोलीको सहभागिता रहेको छ । 

    समूह ‘ए’ मा सुदुरपश्चिम, बागतमी, कर्णाली र लुम्बिनी तथा समूह ‘बी’ मा प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

    प्रतियोगिताका सबै खेल कैलालीको फाप्ला क्रिकेट मैदानमा हुनेछ । समूहको शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।

     फाइनल खेल ११ चैतमा हुनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार