Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन सुनुवाई समितिको आह्वान


    सोमबार, फाल्गुन ३० २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठबिरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

    सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट आएको विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो ।

    ‘हामीले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना हामीले जारी गर्नुपर्छ । जनरल पब्लिक लगायत सबै सरोकारवालाहरुसँग त्यो सूचना जारी गर्ने हामीले निर्णय गर्‍यौं । भोलिदेखि सूचना जान्छ । र १० दिनभित्रमा यो आएपछि हामी बसेर सुनुवाइको काम प्रारम्भ गर्नेछौं’ समितिका सभापति लक्ष्मणलाल कर्णले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार