Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भीम रावलप्रति देउवाको कटाक्ष- दुई जिभ्रे कुरा गर्न लाज लाग्दैन ?


    सोमबार, फाल्गुन ३० २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । एमाले नेता भीम रावलले एमसिसी परियोजनाका बिषयमा दुई जिभ्रे कुरा गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोश व्यक्त गरेका छन् ।

    आज नुवाकोटको किस्पाङ गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा बाेल्दै देउवाले आफू मन्त्री हुँदा एमसिसीको विरोध नगरेको तर अहिले विरोध गरेको भन्दै रावलप्रति आक्रोश व्यक्त गरेका हुन् ।

    ‘आफू क्याबिनेटमा हुँदा पास गरेर संसदमा ल्याउने। मैले ओलीजीले ल्याएको प्रस्ताव पास गर्न खोज्दा किन टाउको दुखाउने?,’ प्रधानमन्त्री देउवाले भने, ‘अरूलाई टाउको दुखेको छैन, भीम रावललाई टाउको दुख्यो। उहाँ त्यसबेला मन्त्री हुनुहुन्थ्यो। उसबेला दिमाग खुस्किएको थियो? थाहा छैन भन्ने ठान्नुहुन्छ यहाँ?’

    ओली सरकारमा रावल रक्षामन्त्री हुँदा त्यो मन्त्रिपरिषदले एमसिसी पारित गरी संसदमा प्रस्ताव ल्याएको देउवाको भनाइ थियो।

    ‘त्यसबेला किन विरोध गर्नुभएन? राजीनामा किन दिनु भएन,’ रावललाई प्रश्न गर्दै देउवाले भने, ‘अहिले आएर बोल्न लाज छैन? 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार