काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्च नेपालले सुपारी, केराउ, छोकडा, मरिचजस्ता वस्तु आयात रोक्न प्रधानमन्त्री कार्यालयमा उजुरी दिउकाे छ ।
मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसदको उद्योग वाणिज्य श्रम तथा उपभोक्ता हित संरक्षण समितिमा ती वस्तुको आयात रोक्न माग गर्दै उजुरी दिइएकाे हाे ।
महँगीको बेला भइरहेको उच्च आयातका कारण देशको अर्थतन्त्रको कमजोर बनेको बोला सरकारको केराउ, सुपारी, छोकडा र मरिचको आयात कोटा तत्काल खारेज गर्नु पर्ने मर्हजनले पेश गरेको उजुरीमा उल्लेख छ ।
‘देशको आर्थिक अवस्थामा बिषम स्थिति आइरहेको बेला उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले सुपारी, मरिच, छोकडा, केराउको आयात अनुमति दिने निर्णय गर्नुले आम उपभोक्ता आश्चार्य चकित भएका छन्,’ उजुरीमा भनिएको छ, ‘नेपाली जनताले कम प्रयोग गर्ने सुपारी, केराउ, मरिच र छोकडा आयात गर्दा वैदेशिक मुद्राको सञ्चितिमा भार पर्छ ।’