Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुस-युक्रेन युद्ध: रुसलाई सैन्य वा आर्थिक सहयोग नगर्न चीनलाई अमेरिकाको चेतावनी


    सोमबार, फाल्गुन ३० २०७८
    340
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • एजेन्सी । अमेरिकाले रुसलाई कुनै पनि किसिमको आर्थिक वा सैन्य सहायता उपलब्ध नगराउन चीनलाई चेतावनी दिएको छ।

    रुसले चीनसँग त्यस्तो सहायता मागेको अमेरिकी अधिकारीहरूले भिन्नाभिन्नै पत्रिकाहरूलाई बताएका छन्। तर, चीनका एक अधिकारीले आफूहरू लडाइँ नचर्कोस् भन्ने पक्षमा रहेको बताए।

    ‘प्रतिबन्ध छल्ने कोसिस’

    अमेरिकाले रुसलाई थप आर्थिक मद्दत नगर्न चीनलाई चेतावनी दिएको हो । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसलाई पश्चिमा प्रतिबन्धहरूबाट जोगाउने कुनै कोसिस बेइजिङले गर्न नहुने बताएका छन्।

    सोमवार उनले चीनका वरिष्ठ विदेश नीति अधिकारी याङ जेइचीसँग रोममा भेट्दैछन्। फाइनान्सियल टाइम्स र वाशिङ्टन पोस्ट पत्रिकामा आएका विवरणअनुसार युक्रेन अतिक्रमण सुरु भएदेखि नै रुसले बेइजिङसँग त्यस्तो मद्दत मागेको थियो।

    तर विवरणमा रुसले कस्तो प्रकारका अस्त्र सहायता खोजेको हो भन्ने बताइएको छैन। ती विवरणमा चीनले मद्दतको तयारी गरिरहेको पनि उल्लेख गरिएको छ।

    चीनको प्रतिक्रिया
    वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले मस्कोले हतियार मागेको बारे आफूहरूलाई कुनै जानकारी नभएको बताए। उनले चीनको मुख्य प्राथमिकता लडाइँ चर्कन नदिनु नै रहेको बताए।

    चीनले हालसम्म रुस-युक्रेन युद्धमा आफूलाई तटस्थ रूपमा प्रस्तुत गरिरहेको छ । हालसम्म चीनले रुस-युक्रेन युद्धमा आफूलाई तटस्थ रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ।

    तर, उसले युक्रेन अतिक्रमणलाई लिएर रुसको निन्दा भने गरेको छैन। रुसलाई पश्चिमा प्रतिबन्ध छल्न सहयोग गरे चीनले त्यसको परिणाम भोग्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन्।

    जेलेन्स्कीले नेटोलाई पुन: गरे अनुरोध
    यसबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुन: नेटोलाई उनको देशको आकाशमाथि उडान प्रतिबन्धित क्षेत्र घोषणा गर्न आह्वान गरेका छन्।

    उनले अब रुसले केही समयमै उक्त पश्चिमा सैन्य गठबन्धनका सदस्य देशलाई पनि निसानामा पार्ने बताए। युक्रेनको पोल्यान्डसँगको सिमाना क्षेत्रमा रुसी क्षेप्यास्त्र आक्रमणमा ३५ जनाको ज्यान गएपछि जेलेन्स्कीले उक्त टिप्पणी गरेका हुन्।

    पोल्यान्ड नेटो सदस्य राष्ट्र हो। साथै जेलेन्स्कीले आफूले युरोपेली परिषद् अध्यक्ष चार्ल्स मिसेलसँग कुरा गरेको र अब युक्रेन ईयूको सदस्य हुने विषय वास्तविकता हुन लागेको पनि बताए। बीबीसी नेपाली 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार