Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • किन खुलेन नयाँ ट्याक्सीको दर्ता ?


    सोमबार, फाल्गुन ३० २०७८
    285
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डे र यातायातमन्त्री घनश्याम दाहाललाई नयाँ ट्याक्सीको दर्ता खोल्न नदिनको लागि यातायात व्यवसायी र मजदुर संगठनहरुले तयारी अघि बढाएका छन् ।

    नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ, मिटर ट्याक्सी सेवा प्रालि, नेपाल ट्याक्सी व्यवसायी चालक समाज र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक केन्द्रीय महासंघ नयाँ ट्याक्सीको दर्ता खोल्न नदिन तम्तयार भएर लागिपरेका छन् ।

    मुख्यमन्त्री पाण्डे र यातायातमन्त्री दाहाललाई दबाब दिन यिनीहरु संयुक्त रुपमा हप्तैपिच्छे प्रदेश सरकार धाइरहेका छन् । सरकारले नयाँ ट्याक्सीको दर्ता खोलिदिँदा अहिले सञ्चालन भएको ट्याक्सीको खरिदबिक्री मूल्य घट्ने भएपछि यिनीहरु संयुक्त रुपमा दर्ता रोक्न उत्रिएका हुन् ।

    साथै, नयाँ ट्याक्सी आएपछि पुराना ट्याक्सीको दैनिक कमाइ पनि स्वाट्टै घट्छ । नयाँ ट्याक्सीको दर्ता खोल्न नदिने र २० वर्षे पुरानो ट्याक्सीको स्क्र्याब गरेको नम्बर प्लेटमा सट्टा भरानामा दर्ता गर्ने सर्तमा एउटा ट्याक्सी व्यवसायीसँग ११ सय लेबी उठाएर यी संगठनका नेताहरु मन्त्रालय धाइरहेका छन् ।

    २०४० सालमा डेढ लाखमा नयाँ गाडी किनेर ट्याक्सीमा दर्ता गरेर चलाएका व्यवसायीहरु आफैंले चलाएर र भाडामा लगाएर करोड कमाइसकेका छन्। एउटै मानिसले ३८ वर्षदेखि व्यवसाय गर्दै आएको छ ।

    तर, सरकारले फेरि पनि २० वर्षे ट्याक्सीको स्क्र्याब गरेको नम्बर प्लेट वा सट्टापट्टामा नयाँ गाडी किनेर ट्याक्सीमा दर्ता गर्न दियो भने अर्को २० वर्ष पनि तिनै व्यवसायीले आम्दानी गर्छन् । एउटै व्यक्तिले ५८ वर्षसम्म व्यवसाय गर्न पाउँछन् । ५८ वर्षसम्म जनसंख्या कहाँबाट कहाँ पुगिसक्छ तर ट्याक्सीको संख्या उति नै हुन्छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार