Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दरबन्दीभन्दा बढी कर्मचारीलाई तलबभत्ता दिन नसकिने स्वास्थ्य मन्त्रालयको प्रस्टोक्ति


    आइतबार, फाल्गुन २९ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन नसकिने प्रस्ट पारेको छ । मन्त्रालयले आइतबार सातवटै प्रदेश र सात सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दीभन्दा बढी कर्मचारीलाई थप तलबभत्ता दिन नसकिने प्रस्ट पारेको हो ।

    दरबन्दी यकिन गरेर मात्र रिक्त दरबन्दीमा सहमति दिन सबै प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ । हाल कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड २०७७ तथा स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलानसम्बन्धी व्यवस्था २०७७ बमोजिम सम्बन्धित तहहरूको दोहोरो सहमतिका आधारमा मन्त्रालयबाट स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलान भइरहेको छ ।

    दोहोरो सहमतिअनुसार समायोजन मिलान भएका कर्मचारीलाई केही प्रदेश, स्थानीय तहहरूले दरबन्दी रिक्त नभएका कारण हाजिर गराउन नसकिने भनी फिर्तासमेत गर्ने गरेको पाइएको छ । केही प्रदेश, स्थानीय तहहरूले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारीलाई सहमति दिई थप तलबभत्ता माग समेत गर्दै आएका छन् । 

    स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयले दरबन्दीभन्दा बढी भर्ना गरिएका कर्मचारीको हकमा मन्त्रालय जिम्मेवार नहुने निर्णय गरेको हो । कार्यालयले समायोजन मिलानको लागि सहमति प्रदान गर्दा दरबन्दी यकिन गरी रिक्त दरबन्दीमा मात्र सहमति दिइने मन्त्रालयले प्रस्ट पारेको हो । 

    swasthya.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार