सप्तरी । आन्तरिक मामिला तथा संचारमन्त्री भरत साहले संघीयता बलियो नभएसम्म कुनै पनि क्षेत्र सबल नहुने बताएका छन् । सप्तरीमा आज आयाेजित सञ्चार माध्यम र पत्रकार आचार संहिता निर्माण सुझाव संकलन कार्यशालामा बोल्ने क्रममा उनले संघीयतालाई बलियो बनाउन सबैले सहयोग गर्नु पर्ने जोड दिए।
राम्रो गर्नेलाई नीति बनाएर प्रोत्साहन गर्ने तथा सत्य र न्यायलाई ओझेलमा पार्नेलाई कडाइका साथ निगरानी गर्ने मन्त्री साहको भनाइ छ। साथै, पछाडि परेका जनतालाई कसरी अधिकारसम्पन्न बनाउने भन्ने विषयमा पनि मन्त्रालयले काम गरिरहेकाे उनले बताए। पत्रकारितामा भएका विकृतिलाई पनि न्युनिकरण गर्न
सरकारले निगरानी गरिरहेकाे उनकाे भनाइ छ ।
आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रूबी कर्णले पत्रकारितामा विभेद र राजनीतिकरण रहेको बताइन् । जात, धर्मबाट जबसम्म पत्रकारमाथि उठ्दैन तबसम्म समस्या समाधान नहुने उनको भनाइ रहेको थियोे । उनले थपिन, ´मधेश प्रदेशको पत्रकारको हकहितका लागि बजेट खर्चिन प्रतिबद्ध छौ ।`
कार्यक्रममा मास मिडिया प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारहरूका लागि एक लाख बराबरको स्वास्थ्य बिमा, दुर्घटनामा परे सात लाख सम्मको बिमा गर्ने गरी काम भइरहेकाे बताए ।
कार्यक्रममा मधेस प्रदेश पत्रकार संघका अध्यक्ष राजेश कर्णले प्रदेश सरकारको ९० प्रतिशत विज्ञापन संघीय मिडियामा आउँने हुँदा स्वरोजगार र श्रमजीवी पत्रकार पीडित बनेकाे बताए ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। बिहीबार बिहान भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा भएको...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्ली बजार कारागारमा जेल सजाय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend