धनगढी । स्थानीय तह निर्वाचनको तयारीका क्रममा निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक थालेकाे छ । निर्वाचन कार्यालय कैलालीका अनुसार माघ महिनामा नयाँ मतदाताको नामावली संकलन गरेकाे र अहिले पूराना मतदाताको अध्यावधिक भइरहेकाे छ । १८ पुसमा मतदाता नामावली दर्ताका लागि आव्हान गरिएको थियो । सो समयमा २३ हजार चार सय ५६ नयाँ मतदाता थपिएका थिए ।
‘यसबीचमा पनि केही मतदाताको मृत्यु भइसकेको होला । कसैले बसाई सरेर गएका होलान वा नाम सच्याइनु पर्ने हुन सक्छ,’ जिल्ला निर्वाचन कार्यालय कैलालीका सूचना अधिकारी राजेश चौधरीले भने, ‘सोही विवरण अध्यावधिकका लागि अहिले मतदाताको नामावली जिल्लाका सबै पालिकामा पठाइएको छ, वडाबाट अध्यावधिक भएर आएपछि केन्द्रमा विवरण पठाइने छ ।’
जनप्रतिनिले वडामा गएर मतदाताको सहि विवरण उपलब्ध गराएपछि नयाँ नामावली सार्वजनिक गरिने सूचना अधिकारी चौधरीले बताए । ‘नयाँ थपिएका मतदाताको नामावली कम्पुटराइज गर्ने काम भएरहेको छ,’ सूचना अधिकारी चौधरीले भने, ‘वडाबाट अध्यावधिक भएर आएका नामावलीमा नयाँ थपिएका मतदातालाई समेत समावेस गरेर चैत दोश्रो सातासम्म नयाँ नामावली सार्वजनिक गर्ने तयारी भइरहेको छ ।’ उनले मतदाता नामावलीको तथ्यांक केन्द्रले नै सार्वजनिक गर्ने बताए ।
मंसिर २०७४ मा सम्पन्न निर्वाचनसम्म कैलालीमा चार लाख ६३ हजार दुई सय ९२ मतदाता थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend